जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी « Khabarhub

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ ।

सुनामी एक मिटर सम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजे सम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच के ले निर्धारित स्तरसम्मका छालहरू पहिले नै रेकर्ड भइसकेका हुन सक्ने बताएको छ । यस अघि जुन –२५ मा उत्तरी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदा कुनै पनि व्यक्तिको मृत्यु नभएको वा ठूलो क्षति नभएको उल्लेख गरिएको छ ।

प्रशान्त “रिंग अफ फायर“ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक रहेको जनाइएको छ । लगभग १२ करोड ५० लाख मिलियन मानिसहरूको घर रहेको उक्त द्वीपसमूहले सामान्य तया हरेक वर्ष सयौं भूकम्पीय झट्काहरू आउने र विश्वमा जाने भूकम्पको लगभग १८ प्रतिशत भुकम्प यस क्षेत्रमा जाने गरेको बताइएको छ ।

यद्यपि भूकम्पले पार्ने क्षति तिनीहरूको स्थान र पृथ्वीको सतह मुनि गहिराई अनुसार फरक हुने जनाइएको छ । यो भूकम्पले सय अघि सन् २०११ मा गएको ९.० म्याग्निच्युडको भूकम्पको सम्झना दिलाएको जनाइएको छ , जसले सुनामी निम्त्याउदा लगभग १८ हजार ५०० मानिसहरूको ज्यान गएको जनाइएको छ ।

यस वर्षको अप्रिल –२० मा देशको उत्तरमा ७।७ रेक्टर स्केलको भूकम्प आएको थियो, जसमा कम्तीमा १० जना घाइते भएका थिए भने टोकियोमा ठूला भवनहरू हल्लाएका थिए । जसको कारण अधिकारीहरूले ८.० म्याग्निच्युडको भूकम्पको बढ्दो जोखिमको बारेमा विशेष सुझावसहितको चेतावनी जारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : १४ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख