इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान « Khabarhub

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासहरू तीव्र बनाउन आह्वान गरेको इरानी विदेश मन्त्रालयले मंगलबार जनाएको छ । इरानी विदेश मन्त्री सैयद अब्बास अराघची र उनका ओमानी तथा साउदी समकक्षी सैयद बद्र बिन हमद अल बुसाइदी र राजकुमार फैसल बिन फरहान अल सौदबीच भएको छुट्टा– छुट्टै फोन वार्तामा यो विषयमा छलफल भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

छलफलमा मन्त्रीहरूले क्षेत्रीय स्थिरता सुनिश्चित गर्न सहयोग अघि बढाउन र संयुक्त कूटनीतिक प्रयासहरूलाई बढावा दिइ अमेरिकी आक्रमणको परिणाम स्वरूप स्ट्रेट अफ होर्मुजमा उत्पन्न भएको असुरक्षा हटाउन आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

इरान र ओमानले तेहरानमा शुक्रबार र शनिबार स्ट्रेट अफ होर्मुज मार्फत सुरक्षित आवागमनको विषयमा वार्ता गरे पछि दुवै पक्षले तटीय राज्यहरूको सार्वभौम अधिकारको सम्मान गर्दै समुन्द्री ट्राफिक व्यवस्थापनका लागि आवाश्यक सिद्धान्त र संयन्त्रहरूमा विचार आदान–प्रदान गरेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले बताएका छन् ।

अमेरिकी सेनाले पछिल्लो समयमा इरान विरुद्ध धेरै चरणमा आक्रमण गरेको जनाएको छ भने तेहरानले यस क्षेत्रमा अमेरिकी आधार र सुविधाहरूमा मिसाइल तथा ड्रोन आक्रमणको साथ प्रतिक्रिया दिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : ५८ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख