सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ « Khabarhub

देवानगञ्ज तनाव

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाको अवस्था थप तनावपूर्ण बनेको छ।

दुई समुदायबीचको विवादबाट सुरु भएको तनाव गाउँबाट सदरमुकाम इनरुवा र पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा समेत फैलिएको छ।

मंगलबार कोशी कटान क्षेत्रमा तोडफोड, आगजनी र कुटपिटका घटना भएको स्थानीयले बताएका छन्। यस्तो अवस्थामा जिल्लाको सुरक्षा अवस्था सम्हाल्न मंगलबारदेखि कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले दुवै पक्षसँग संवाद सुरु गरेका छन्।

कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ अर्यालले प्रशासनको पहिलो प्राथमिकता थप मानवीय क्षति हुन नदिनु रहेको बताए। उनका अनुसार अहिले तनाव भएका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पनि टोली परिचालित भएको छ।

‘हाम्रो उद्देश्य कोही पनि घाइते नहुन् भन्ने हो। अब एकजना पनि हताहत नहुन् भन्नेमा हाम्रो ध्यान गएको छ,’ उनले भने।

तनावलाई मध्यनजर गर्दै बिहान केही समय कर्फ्यु खुकुलो बनाइए पनि दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पुनः कर्फ्यु लागू गरिएको उनले जानकारी दिए।

‘हामीले व्यक्तिको जिउज्यानको विशेष ध्यान दिएका छौँ। धेरै ठाउँमा मानिसहरू हुल र साना समूह बनाएर निस्किएका छन्। तर हामीले उनीहरूमाथि बल प्रयोग गरेका छैनौँ,’ उनले भने, ‘अहिलेसम्म बल प्रयोग गर्ने पक्षमा छैनौँ। सकेसम्म माइकिङ र शान्तिपूर्ण पहलबाटै अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ।’

प्रजिअ अर्यालले दुवै समुदायका अगुवा र सरोकारवालासँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै सामाजिक सद्भाव कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गरे।

‘मैले दुवै समुदाय र पक्षसँग छलफल गरिरहेको छु। यस्तो अवस्थामा हामी सबैको भाइचारा चाहिन्छ। संयमित भएर अवस्थालाई साम्य पारौँ, अब द्वन्द्व सिर्जना नगरौँ भनेको छु,’ उनले भने।

उनले सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दै सुनसरीका समस्या देखिएका स्थानीय तहका प्रमुखहरूलाई समेत शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेल्न अनुरोध गरिएको बताए।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : २१ बजे

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक