जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट « Khabarhub

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोटो प्रिफेक्चरमा ठूलो क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।

स्थानीय समयअनुसार साँझ ४:२७ बजे गएको भूकम्पले जापानको भूकम्पीय तीव्रता मापन प्रणालीमा अधिकतम ७ को स्तर मापन गरेको थियो। यो सन् २०२४ को नोटो प्रायद्वीप भूकम्पपछि जापानमा मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

मुख्य धक्कापछि तीव्र परकम्पहरू पनि गएका छन्, जसमध्ये केहीले जापानी मापन प्रणालीमा तल्लो ५ को तीव्रता पुगेको एनएचकेले जनाएको छ।

एनएचकेका अनुसार भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरे पनि साँझ ६:१० बजे उक्त चेतावनी फिर्ता लिएको छ।

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले मानव जीवनको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै कुमामोटोका गभर्नरको अनुरोधपछि तीन हजार ६०० जना आत्मरक्षा बल (एसडीएफ) का सदस्यलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको जानकारी दिएकी छन्।

सपिङ मलमा विस्फोट, धेरै व्यक्ति फसे

भूकम्पपछि कुमामोटोको काशिमा टाउनस्थित एइओन मल कुमामोटोमा विस्फोट भएको जानकारी प्राप्त भएको छ।

विस्फोटपछि भवनको दोस्रो तलाको एक भाग भत्किँदा धेरै व्यक्ति भवनभित्र फसेको आशंका गरिएको छ। ग्राहकहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको कम्पनीले जनाएको छ।

एनएचकेको हेलिकोप्टरबाट खिचिएको दृश्यमा मलको बाहिरी पर्खालका केही भाग भत्किएको र भवनको संरचना खुला देखिएको छ।

घर भत्किए, आगलागी र घाइतेको संख्या बढ्दै

प्रहरीका अनुसार भूकम्पको केन्द्र नजिकका उकी, हिकावा र यात्सुशिरो क्षेत्रमा घर भत्किने, आगलागी हुने तथा मानिसहरू घाइते हुने घटना भएका छन्।

यात्सुशिरो सहरमा एक व्यक्ति घर भत्किँदा च्यापिएको जनाइएको छ भने हितोयोशीमा घरको प्रवेशद्वार अवरुद्ध भएपछि एक व्यक्तिलाई उद्धार गर्ने प्रयास भइरहेको छ।

कुमामोटो सहरको मिनामी वार्डस्थित एक अस्पतालमा मात्रै ५० भन्दा बढी घाइते भर्ना गरिएको छ। तीमध्ये कम्तीमा एक जना अचेत अवस्थामा रहेको अस्पतालले जनाएको छ।

जापानी अधिकारीहरूले उद्धार, खोजी तथा क्षतिको विवरण संकलन कार्यलाई तीव्र बनाएका छन्। प्रारम्भिक विवरण सार्वजनिक भइरहेकाले क्षतिको आकार अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : १७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा