अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार « Khabarhub

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ ।

प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको उनीहरूलाई उद्धार गरेको जनाएको छ । सेनाले अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको स्पष्ट पारेको छ ।

सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि ‘नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)’ बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहोरात्र खटिएको छ ।

यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ । सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।

उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले बिहीबार अबेरसम्म रसुवाका यी विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ६ : ०३ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र