विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ « Khabarhub

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् ।

बाढीका कारण केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको उनले जानकारी दिए । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न प्राधिकरण सफल भएको मन्त्री श्रेष्ठको भनाइ छ।

मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको थियो। सो क्रममा उजले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको तथा रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिए।

‘अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ। ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ,’ मन्त्री श्रेष्ठले भने।

प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग दुई हजार ९३९ मेगावाट रहेकामा बिहीबार साँझ दुई हजार ८९१ मेगावाटमा सीमित भएको थियो। काठमाडौँ उपत्यकाको विद्युत् माग पनि बुधबारको ५९० मेगावाटबाट घटेर बिहीबार ५७८ मेगावाट पुगेको थियो।

विद्युत् आयाततर्फ बुधबार ६२ मेगावाट विद्युत् आयात गरिएकोमा बिहीबार दुई मेगावाट मात्रै आयात गरिएको प्राधिकरणले जनाएको छ।

मन्त्री श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा विद्युत् पुनःस्थापनाका लागि खटिएका प्राधिकरणका उच्च व्यवस्थापन, कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद दिए। उनले विपद्को कठिन परिस्थितिमा समेत विद्युत् सेवा नियमित राख्न कर्मचारीले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए।

प्राधिकरणले वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ। चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट तथा बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् नुवाकोटतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ६ : ३९ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र