लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध « Khabarhub

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङका विभिन्न स्थानमा लेदो थुप्रिएपछि बुधबार साँझदेखि सडक बन्द भएको हो।

गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदो हटाउन बाँकी छ। सडकमा थुप्रिएको लेदो हटाउन उपकरण प्रयोग भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

बस्ती क्षेत्रमा लेदो थुप्रिएकाले उठाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुँदा सडक खुलाउन समय लागेको हो। बाहुनी भीरमा भने लेदो हटाउन आवश्यक उपकरण अझै पुग्न सकेको छैन।

पहिला गलौदी र महेश दोभानको लेदो हटाएपछि बाहुनी भीरमा काम गरिने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज दिनभरमै सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ५७ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र