भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार « Khabarhub

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

चितवनमा मात्र १७८ वटा शव


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको हो।

प्रहरीका अनुसार बाढीमा बगेर आएका शव रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न आठ जिल्लामा फेला परेका हुन्। सबैभन्दा बढी चितवनमा १७८ र नवलपरासी (पूर्व) मा ११० जनाको शव फेला परेको छ। यस्तै गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ५४५ जनाको घाइते तथा जोखिममा परेका नागरिकको उद्धार गरिएको छ। जसमध्ये नुवाकोटबाट ८९८, रसुवाबाट ६४४ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा ८४ जना घाइतेको उपचार भइरहेको छ भने केही उपचारपछि डिस्चार्ज भइसकेका छन्।

उद्धार तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण २८ जना प्रहरी कर्मचारी अझैसम्म सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ८ : २३ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी