काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, हरियो सागसब्जी, मसला तथा माछासहितका वस्तुको मूल्य सार्वजनिक गरेको हो।
समितिका अनुसार आज ठूलो गोलभेँडा नेपाली प्रतिकिलो ८० रुपैयाँ र भारतीय ९० रुपैयाँ तोकिएको छ। सानो गोलभेँडा लोकल ४५, टनेल ६५ र भारतीय ५० रुपैयाँ प्रतिकिलो रहेको छ। रातो आलु ४० देखि ५३ रुपैयाँसम्म र सुकेको भारतीय प्याज १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ गाजर लोकल १२०, काउली ११०, बन्दा ४०, भिन्डी ५०, लौका ६०, घिरौँला ३० र स्कुस ४५ रुपैयाँ प्रतिकिलो रहेको छ। घिउ सिमी ९०, बोडी १००, भटमास कोसा १४० र सखरखण्ड १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जीतर्फ पालुङ्गो १५०, रायोसाग १००, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउमा कन्य २६०, डल्ले ६००, राजा च्याउ ३३० र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३५०, नेपाली केरा दर्जन ३००, कागती ३००, अनार ३००, मालदह आँप ३०० र चोसा आँप २५० रुपैयाँ प्रतिकिलो तोकिएको छ। तरबुजा ६०, जुनार २००, भुइँकटहर प्रतिगोटा २०० र किबी ४०० रुपैयाँ प्रतिकिलो रहेको छ।
मसलाजन्य वस्तुमा अदुवा ३००, सुकेको खुर्सानी ५५०, हरियो अकबरे खुर्सानी ३००, हरियो धनियाँ ५०० र चाइनिज सुकेको लसुन २२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तै, ताजा रहु माछा ३७०, बचुवा ३४० र छडी माछा ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।












प्रतिक्रिया