पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू « Khabarhub

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

चीनतर्फको उद्धार कार्य रोकियो


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले तिब्बततर्फ जारी उद्धार तथा खोजी कार्य अस्थायी रूपमा रोकेको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेकाले उद्धार कार्य रोकिएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ पहिरोका कारण बनेको अस्थायी ताल फुटेको सूचना आएको भन्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

नेपाल प्रहरीले तिब्बततर्फ पानीको अस्थायी ताल फुटेकाले उद्धार तथा राहत कार्यमा जुटेका सुरक्षाकर्मी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न अपिल गरेको छ।

ताल फुटेसँगै नदीको बहाव र आसपासको भूभागमा थप जोखिम उत्पन्न हुन सक्ने आकलनपछि उद्धार टोलीलाई तत्कालका लागि परिचालन नगर्ने निर्णय गरिएको बताइएको छ।

चीनले तिब्बत–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि लेभल–४ आपत्कालीन सतर्कता जारी गरेको छ।

दुई नदीको संगम क्षेत्रमा नयाँ अवरोध ताल बनेकाले त्यसमा पानीको मात्रा बढ्दै गएमा पुनः फुट्न सक्ने जोखिम रहेको चिनियाँ पक्षले जनाएको छ।

ताल फुटेमा त्यसको तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले आसपासका क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ।

अस्थायी तालको हवाई सर्वेक्षण

अस्थायी तालको अवस्था र जोखिमबारे अध्ययन गर्न चीनले इन्जिनियर तथा प्राविधिक टोली परिचालन गरेको छ। टोलीले हवाई सर्वेक्षण तथा थ्री–डी मोडलिङमार्फत तालको आकार, पानीको मात्रा, बाँधको अवस्था र फुट्ने सम्भावनाबारे अध्ययन गरिरहेको बताइएको छ।

चिनियाँ पक्षले तालको जोखिम मूल्यांकनपछि सम्भावित बाढीको प्रभावबारे थप निर्णय लिने तयारी गरेको छ।

चीनमा बाढी तथा प्राकृतिक विपद्सँग सम्बन्धित आपत्कालीन अवस्थालाई चार तहमा वर्गीकरण गरिन्छ। लेभल–१ सबैभन्दा गम्भीर र लेभल–४ तुलनात्मक रूपमा न्यूनतम आपत्कालीन स्तर मानिन्छ। अहिले जारी गरिएको लेभल–४ सतर्कताले सम्भावित जोखिमप्रति निगरानी र तयारी बढाइएको संकेत गर्छ।

नेपालतर्फ भने पछिल्लो बाढी र पहिरोका कारण रसुवा, नुवाकोट तथा आसपासका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। सीमा क्षेत्रमा पानीको बहाव र नयाँ ताल निर्माण तथा फुट्ने सम्भावनाले जोखिम थपिन सक्ने भएकाले नदी आसपासका बस्तीमा निरन्तर निगरानी आवश्यक देखिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ११ : ४८ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी