अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित « Khabarhub

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।

पार्टी अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष धर्मेन्द्र बाँस्तोला कञ्चनको अध्यक्षतामा छलफल भइरहेका बेला गुणराजले अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको आरोप लगाइएको छ।

यस्तो व्यवहारले पार्टीको अध्यक्ष मण्डलका सदस्यको हैसियत, मर्यादा र अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा गुणराजले यसअघि पनि पार्टी अध्यक्ष र केही सदस्यविरुद्ध पटक–पटक अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने, हुलहुज्जत र गुटबन्दी गर्ने गरेको आरोप लगाइएको छ।

यस्ता गतिविधिबाट पार्टीलाई कमजोर बनाउने, अनुशासनहीनता बढाउने, आन्तरिक विवाद र विभाजन निम्त्याउने प्रयास हुँदै आएको दाबी पार्टीको छ।

पार्टीले उनलाई यसअघि पटक–पटक सम्झाउने, बुझाउने, चेतावनी दिने, आत्मालोचना गर्न लगाउने तथा निलम्बनसम्मका कारबाही गरेर व्यवहार सुधार्ने प्रयास गरेको जनाएको छ।

तर, ती प्रयास प्रभावकारी नभएको र पछिल्लो बैठकमा समेत गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै लिखित आत्मालोचनाका लागि भनिएकोमा उनले त्यसलाई समेत अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका अनुसार पटक–पटकको सम्झाइबुझाइ र कारबाहीपछि पनि आफ्नो व्यवहार नसुधारेपछि गुनराजलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको हो।

पार्टीले यो निर्णय अनुशासन, मर्यादा र संगठनात्मक जिम्मेवारी कायम राख्न आवश्यक भएको जनाएको छ।

पार्टी अध्यक्ष मण्डलका सदस्य गुणराज ‘प्रवीर’लाई कारबाहीसम्बन्धी विज्ञप्ति कञ्चनका अध्यक्षको नामबाट भदौ १२ मा जारी गरिएको हो।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ४ : ३९ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले