मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग « Khabarhub

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् । 

विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले एक लाख चार हजार १६५ रुपैयाँ सङ्कलन गरी सहयोग प्रदान गरेका हुन् ।

पीडितलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताए । 

‘रसुवामा आएको विनासकारी बाढीले धेरै परिवारलाई पीडा, दुःख र अनिश्चितताको अवस्थामा पुर्‍याएको छ’, उनले भने, ‘केही वर्षअघि हामीले मेलम्ची बाढीको पीडा भोगेका छौँ । उहाँहरूको पीडामा थोरै भए पनि मलम लगाउन हामीले मेलम्ची बाढी प्रभावितबाट रकम सङ्कलन गरेका हौँ ।’ 

मेलम्चीवासी, व्यवसायी, समाजसेवी तथा सहयोगीबाट एक लाख चार हजार १६५ सङ्कलन गरिएको उनले बताए ।

आफूले भोगेको पीडा आज रसुवाका नेपालीलाई परेको भन्दै यसमा सानो सहयोगले पनि महत्त्व राख्ने भएकाले स्थानीयबाट रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराइएको मेलम्ची बाढी प्रभावित कुमार दुलालले बताए । 

‘अहिलेकोजस्तै त्रासदी हाम्रो मानसपटलमा अझै ताजा छ । यो बेला हामीलाई चुपचाप हेरेर बस्न मनले दिएन’, उनले भने, ‘रसुवाको बाढीले हामीलाई थप भयभित र सतर्क बनाएको छ ।’

पुनः स्थापनाका लागि समयमै आवश्यक सहयोग, समन्वय भएमा व्यवस्थापन प्रभावकारी हुने भन्दै दुलालले व्यवस्थापन अभाव हुँदा विपद् प्रभावितले थप पीडा भोग्नुपर्ने भन्दै आपसी सहयोग र समन्वयको आवश्यकता औँल्याए । 

‘अब हामी सबै राहत र पीडितको पुनःस्थापनामा जुट्न आवश्यक छ’, उनले भने । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ६ : ४२ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको