भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा « Khabarhub

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । 

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा आज टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका छन् । 

हालसम्म सप्तरीका ३२, पर्साका २८, रौतहटका १५, बाराका १९, सर्लाहीका १०, महोत्तरीका १०, धनुषाका पाँच र सिरहाका आठ जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए। 

उनका अनुसार आज दिउँसोसम्ममा पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटका ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल सम्पर्कमा आएका छन् ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका-१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव र धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हङ्सपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार परिवारको सम्पर्कमा आएका प्रवक्ता ढकालको भनाइ छ ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको प्रवक्ता ढकालले बताए । 

बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेकाको खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उनले बताए ।

मधेशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । 

सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायले समन्वय गरी तत्काल प्रभावकारी खोजी कार्य अघि बढाउन समन्वय भइरहेको प्रवक्ता ढकालले बताए । 

सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि वरिष्ठ प्रहरी उपरीक्षक ढकालले आग्रह गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ०४ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि