ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो « Khabarhub

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको हो ।

गुडिरहेको ट्याक्टरको पछाडिको भागबीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए । 

‘दुर्घटनाका सबै घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ । अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन’, उनले भने ‘पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिसकेको छ । घाइते १४ जनाको यही उपचार भइरहेको छ ।’

अस्पतालले रेफर गरेका घाइतेलाई एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरेर उपचारमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विशन राईले जानकारी दिए । 

‘दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ । निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो’, उgले भन्नुभयो, ‘निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा सुमो रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।’

घाइतेको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । भक्तजन चढेको ट्याक्टर दुर्घटना दिउँसो २ः०० बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्याक्टर दुर्घटनालगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजन चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
  

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ३५ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक