बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद « Khabarhub

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको छ ।

बाढीले पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुलमा झन्डै १०० मिटर सडक बगाएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुलमा क्षति पुग्दा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिए ।

नयाँपुलमा सडकको पूरै भाग कटान गरेकाले अस्थायी रूपमा मार्ग खोल्न केही दिन लाग्ने जनाइएको छ । मालढुङ्गाको पुलमा पर्वतपट्टिको भाग भत्केको छ । जीर्णोद्धार नगरेसम्म उक्त पुलबाट सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रहरी नायब निरीक्षक भट्टराईले बताए ।

कास्कीलगायत जिल्लाबाट उक्त सडकखण्ड हुँदै बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका साना सवारीसाधन छमर्कैबाट पाङ हुँदै वैकल्पिक सडक प्रयोग बाध्य भएका छन् ।

ठूला सवारीसाधन भने बीचमा रोकिएका छन् । मध्यपहाडी लोकमार्ग भएर बागलुङ हुँदै पूर्वीरूकुम, पश्चिमरूकुमलगायत जिल्ला जाने लामो दूरीका सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् । बिरामी एवं अत्यावश्यक कामका लागि हिँड्ने यात्रुलाई सास्ती थपिएको छ ।

मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गर्दा यातायात सेवा ठप्प बनेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । ‘फर्से र लस्तीमा गरी दुईतीन ठाउँमा बाढीले सडक कटान गरेको छ’, उनले भने, ‘केही दिन यस क्षेत्रको यातायात सेवा प्रभावित हुने देखिएको छ ।’

उनका अनुसार जलजला–८ फर्सेको पुरानो बजार बाढीले बगाएको छ । बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा रहेका गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिए । बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : ४३ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा