एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा « Khabarhub

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्नेछ ।

महिला सिङ्गल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका थिए । शिभाली दक्षिण कोरियाकी दायोन बाकसँग ६–१, ६–० तथा स्वस्तिका जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ को सेटमा पराजित भएकी थिइन् ।

मिक्स्ड डबल्समा पनि शिभालीले दोस्रो चरणको यात्रा तय गर्न सकिनन् । पुरुष सिङ्गल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोविरुद्ध खेल्नेछन् ।

अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेका थिए । एथलेटिक्सतर्फ आज महिला पाँच हजार मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ८ : ३१ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व