विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा « Khabarhub

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

तेन्दुलकरको कीर्तिमान बराबरी


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा १५ हजार रन पूरा गर्दै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। वेस्ट इन्डिजविरुद्ध तिरुवनन्तपुरममा भएको खेलमा उत्कृष्ट शतकीय पारी खेल्दै उनी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो ब्याटर बनेका हुन्। यसअघि भारतकै सचिन तेन्दुलकरले (१८,४२६ रन) यो आँकडा पार गरेका थिए।

कोहलीले मात्र ३०३ पारीमा १५ हजार रन पूरा गर्दै तेन्दुलकरको ३७७ पारीको कीर्तिमान तोडेका छन्। बल सामना (१५,९५० बल) का आधारमा पनि उनी सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी बनेका छन्।

तिरुवनन्तपुरममा खेलिएको उक्त खेलमा कोहलीले लिस्ट ‘ए’ क्रिकेटमा आफ्नो ६० औँ शतक प्रहार गर्दै तेन्दुलकरको सर्वाधिक शतकको कीर्तिमान बराबरी गरे। साथै, स्वदेशमै ७ हजार ओडिआई रन पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन्। वेस्ट इन्डिजविरुद्ध कोहलीको यो १० औँ ओडिआई शतक हो। कुनै एकै टोलीविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने आफ्नै (श्रीलंकाविरुद्ध १० शतक) कीर्तिमान उनले बराबरी गरेका हुन्।

उक्त खेलमा कोहलीले ७४ बलमा शतक पूरा गरेका थिए, जुन उनको ओडिआई करिअरको तेस्रो छिटो शतक हो। पारीका क्रममा उनले ९ वटा छक्का प्रहार गरे, जुन उनको एकदिवसीय करिअरका साथै वेस्ट इन्डिजविरुद्ध कुनै पनि भारतीय ब्याटरले हानेको सर्वाधिक छक्का हो।

यसै खेलमार्फत भारतका ब्याटर शुभमन गिलले ६७ औँ पारीमा १० औँ ओडिआई शतक पूरा गर्दै भारतका तर्फबाट सबैभन्दा छिटो १० शतक प्रहार गर्ने ब्याटर बनेका छन्। उता स्पिनर कुलदीप यादवले ओडिआईमा १२ औँ पटक चार वा सोभन्दा बढी विकेट लिँदै भारतका लागि अजित अगरकरसँग संयुक्त रूपमा दोस्रो धेरै पटक यो उपलब्धि हासिल गर्ने बलर बनेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ४१ बजे

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण