सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू « Khabarhub

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दशैं, तिहार, छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो । 

निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्ने, तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए  ।

बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका–मैत्री सेवा, यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ भने सडकको अवस्था र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्ने, वैकल्पिक मार्गको तयारी राख्ने, सवारी साधनको प्राविधिक परीक्षण गर्ने, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको सभापति गजुरेलले बताए ।

यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने, अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिन सहज टिकट उपलब्धता, भाडादरको प्रभावकारी कार्यान्वयन र बलियो गुनासो सुनुवाइ व्यवस्थासहितको कार्ययोजना तत्काल तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको उनले जानकारी दिए । 

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बीपी राजमार्गलाई १० दिनभित्र वैकल्पिक ट्रयाक खोलेर वा अन्य विधिबाट सुचारु गरिने स्पष्ट पारे । 

चाडपर्वका लागि गाडीको प्रि–बुकिङ, अनलाइन बुकिङ तथा नियमित अनुगमनको व्यवस्था मिलाइने उनले जानकारी दिए । 

बैठकमा समिति सदस्यहरुले चाडपर्वका समयमा देखिएको गरेको यातायात व्यवस्थापनलाई समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : ४३ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम