चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह « Khabarhub

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका कारण क्षतविक्षत भएका सडकहरू चाडपर्वका समयमा अस्थायी रूपमै भए पनि सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समिति बैठकमा अध्यक्ष सिटौलाले विगत दुई वर्षदेखि प्राकृतिक प्रकोपका कारण सडक तालिका बिग्रिएको र यसपटक बाढीपहिरोका कारण सडकहरू क्षतविक्षत भएको उल्लेख गरे । 

चाडपर्वका लागि आगामी १५–२० दिन अस्थायी रूपमै भए पनि खाल्डाखुल्डी पुरे सम्बद्ध सबै पक्ष मिलेर सडक सञ्चालनयोग्य बनाउन उनले आग्रह गरे ।

उनले अग्रिम टिकट बुकिङ खोल्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मुख्य चुनौती भएको धारणा राखे । 

नयाँ बसपार्क तथा सरकारले तोकेका आधिकारिक काउन्टरबाट मात्र परिचयपत्र र ड्रेस लगाएका कर्मचारीमार्फत टिकट काट्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिइन् । 

अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वको अवधिभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन र घाटा भए सरकारले नै बेहोर्न आग्रह गरे । इन्धनको मूल्य नबढेमा व्यवसायीहरूले कुनै पनि हालतमा भाडा नबढाउने उनले स्पष्ट पारे । 

उनले घटस्थापनादेखि टीकाको समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले काठमाडौं उपत्यकाका राम्रा गाडीहरूलाई पनि बाहिर चलाउन अनुमति दिने व्यवस्था मिलाउनुपर्ने धारणा राखे  ।

चाडपर्वको मुख्य समयमा मालवाहक ठूला सवारी साधनलाई नारायणगढ लगायतका स्थानमा रोकेर यात्रुवाहक बसलाई पहिलो प्राथमिकता दिनुपर्ने विगतको अभ्यास लागू गर्न उनले आग्रह गरे ।  

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : ०१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप