मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव फेला परेको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो।
यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको एसोसिएसनले जनाएको छ।
हिमपहिरोमा परेकाको खोजी तथा उद्धारका लागि परिचालित टोलीले आफ्नो अभियानलाई निरन्तरता दिने एनएनएमजीएले जनाएको छ।














प्रतिक्रिया