प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो « Khabarhub

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ’इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न उठाउदै सरकारले व्यक्तिगत ’इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका हुन् ।

उनले दुर्गा प्रसाईंलाई समेत पटक–पटक पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनको सट्टा जिबी राईलाई पक्राउ गरेको भए जनताको ९ अर्ब फिर्ता हुने धारणा राखे ।

व्यक्तिगत प्रतिशोध र स्वार्थमा सरकार यसरी नै अघि बढेमा विगतको केपी शर्मा ओली सरकार र वर्तमान सरकारमा कुनै फरक नहुने उनले बताए ।

नेता शाहीले भ्रष्टाचारी र अपराधीलाई प्रमाण र कागजातका आधारमा मात्र कानुनी दायरामा ल्याउन आग्रह गर्दै सुशासनको लडाइँमा सरकारलाई साथ दिने तर ’इगो’ साँध्न राज्यसत्ताको खेल बन्द गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ५ : १५ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र