दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक जना व्यक्तिको अस्पतालमा मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कम्तिमा दुई जना लेसोथो नागरिक भएको  प्रहरीले सोमबार घोषणा गरेको छ ।

गत शनिबार राति जोहानेसबर्गको पश्चिम क्षेत्रमा भएको गोली हानाहानबाट सुरु भएको आपराधिक गतिविधिको हिस्सा थियो भने आइतबार केप सहरमा भएको अर्को सामूहिक गोली हानाहानमा १० जनाको मृत्यु भएको थियो ।

मध्य जोहानेसबर्गबाट करिब ८० किलोमिटर टाढा रहेको अर्ध–ग्रामीण क्षेत्रको बारमा आक्रमणकारीले आठ जना सशस्त्र बन्दुकधारीले राइफलले आक्रमण गरी १३ जना पुरुष र चार महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृतकमध्ये चार जनाको मात्र पहिचान भएको छ भने तीनीहरुमध्ये दुई दक्षिण अफ्रिकी र दुई लेसोथो नागरिक रहेका छन् । आक्रमणको उद्देश्य स्पष्ट भई नसेकको तर यो क्षेत्र सुनका लागि अवैध खननमा संलग्न गिरोहबीचको प्रतिद्धवन्द्धी समुहले घेरिएको बताइएको छ ।

हजारौँ खानी मजदुर दक्षिण अफ्रिकाका खानीमा काम गर्छन्, भने तीनीमध्ये धेरैजना दक्षिण अफ्रिकाबाट आएका छन्, जसमा लेसोथोको राज्य पनि समावेश छ जुन दक्षिण अफ्रिकाभित्र अन्तर्निहित छ ।

यो क्षेत्र संगठित अपराध, हत्या र अन्य अवैध गतिविधिसँग जोडिएको जनाइएको छ । सप्ताहन्तमा भएको छुट्टै गोली हानाहानमा, बन्दुकधारीले आइतबार बिहान केप सहरको बस्तीको मनोरञ्जन स्थलमा १० जनाको हत्या गरी ११ जनालाई  घाइते बनाएको जनाइएको छ । 

दक्षिण अफ्रिकामा कानुनी तथा गैरकानुनी बन्दुक धेरै भएकाले गोली हानाहानलगायतका घटना धेरै हुने गरेको पाइन्छ बन्दुकधारी गिरोह प्रतिद्वन्द्वी मानसिकता  जबरजस्ती असुली र अनौपचारिक व्यवसाय बीचको प्रतिस्पर्धाले उत्प्रेरित रहेको जनाइएको छ ।

लगभग ६२ लाख मानिसको बसोबास रहेको देशमा विश्वको सबैभन्दा बढी हत्याका दरहरू रहेको जनाइएको छ भने यहाँ प्रत्येक दिन लगभग ६० जना मानिस मारिन्छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्