आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर २८ तारिख। कार्तिक कृष्ण पक्षको द्वितीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज नयाँ काम थालनी नगर्नु उचित देखिन्छ । खर्च बढ्ने छ। कतै घाउचोट लाग्ने भएकाले आज सतर्क रहनु उपयुक्त हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रशंसा गर्नेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ। परिवारमा भने खटपटी बढ्नेछ।

मिथुन : आज सामान्य दिन छ । संकटमा साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

कर्कट : आज तपाईंमाथि धेरैले शंका गर्नेछन्। गरेको काममा असन्तुष्टि बढ्नेछ। साथीले सहयोग नगर्दा मन अशान्त बन्नसक्छ। आज व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : प्रियजनसँगको भेटले मनमा खुसी हुनेछ। मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

 कन्या : परिवारमा मेलमिलाप हुनेछ। स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ।  धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। परिवारसँगको व्यवहारमा सुधार हुँदा प्रेम सम्बन्ध मजबुत बन्नेछ।

तुला : आज खर्च बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन  छ। पारिवारिक मेलमिलाप हुनेछ । साथीको साथ मिल्ने योग छ ।

वृश्चिक : हरेक क्षेबमा मिहिनेत गरेर क्षमताको  प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

धनु : हरेक काममा सफलताका लागि मिहिनेत गर्नुपर्ने समय छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्ने छ। एकल भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।

मकर : व्यापारमा लाभ हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुने योग छ। मनमा उत्साह बढ्नेछ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।

कुम्भ : हरेक काममा परिश्रम गर्नुपर्ने समय छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ५ : १७ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय