एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी « Khabarhub

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको एन्फाको ताला खोलेका छन् ।  

ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोवाटोस्थीत एन्फाको ताला खोलेका हुन् । 

साथै उनीहरूले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधान अनुसार २१ दिन अघि एकतिहाइ बढी सदस्यहरूले एन्फा कार्यसमितिको बैठक आह्वान गर्न माग गर्दा पनि बैठक आह्वान नभएपछि २२ औँ दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने विषयमा छलफल भएको एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कार्तिक १३ गते बैठक बस्ने उनले बताए ।

उनले १३ गतेको कार्यसमितिको बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य सबै कार्यसमिति सदस्यहरूलाई उपस्थित भई नेपाली फुटबलको निकासका लागि एक ठाउँमा बसेर निर्णय गर्न आग्रह गरे । 

बैठकको मुख्य उद्देश्य कसैलाई हटाउने वा निषेध गर्ने नभई, नेपाली फुटबलको अवरोध र प्रतिबन्ध हटाएर यसलाई निकास दिनु रहेको उनको भनाइ छ । 

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : ५८ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो