काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न तथा वैदेशिक रोजगारी र विभिन्न सिलसिलामा प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदान अधिकार सुनिश्चित गर्न माग गरेको छ। सोही मागसहित पार्टीले आज अपराह्न निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आज ४:३० बजे कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगी आयोगका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाइने उज्यालो नेपाल पार्टीले जनाएको छ।
लोकतन्त्र र निर्वाचन प्रणालीलाई अझ बढी समावेशी तथा नागरिकमैत्री बनाउन दलगत प्रभावभन्दा माथि उठेर गैरदलीय आधारमा स्थानीय निर्वाचन गर्नुपर्ने र राज्यका हरेक निर्णय प्रक्रियामा प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित हुनुपर्ने पार्टीको अडान छ।
उक्त कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन पार्टीले सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई हार्दिक अनुरोध गरेको छ।














प्रतिक्रिया