कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी « Khabarhub

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छन् । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेको असरसम्बन्धी बिभिन्न प्रतिवेदन र सुझावहरूलाई आत्मसाथ गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताएकी हुन् ।

उनले जलवायु परिवर्तन सम्मेलनका क्रममा आएका सुझावहरूलाई समेत मध्यनजर गर्दै नेपालको पोजिसन पेपरलाई अन्तिम रूप दिइने उल्लेख गरिन् । 

मन्त्री चौधरीले कोप ३१ मा सहभागीताका लागि समावेशितालाई ध्यान दिइने बताइन् । कोप सम्मेलनमा भाग लिएर आइसकेपछि त्यसको समीक्षा र उपलब्धिको मापनका साथै फलोअपमा पनि काम गर्ने उनको भनाइ छ ।

त्यस्तै बैठकमा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले ३१ औँ कोपमा सहभागी हुन ३१ वटा कार्यबुँदा समेटेर प्रारम्भिक कार्ययोजना तयार पारेपनि भोटेकोसीको बाढी र क्षतिको घटनापछि पूर्वाधार तथा जलवायुजन्य असरका थप मुद्दाहरूलाई एजेन्डामा समावेश गरिएको बताए । 

कोपका लागि नेपालको आधिकारिक ’कन्ट्री पोजिसन पेपर’ तयार भइसकेको जानकारी दिदै उनले राष्ट्रिय जलवायु सम्मेलनमा त्यसलाई सार्वजनिक गरिने उल्लेख गरे । 

नेपालको पोजिसन पेपरमा अनुकूलन, प्रविधि, वित्त र क्षमता अभिवृद्धि का विषयहरू समावेश गरिएको उनले जानकारी दिए । त्यस्तै उनले यसपटक  माउन्टेन एजेन्डालाई मुख्य विषय बनाउन औपचारिक रूपमा पेश गर्न लागिएको जनाए । 

भोटेकोसी घटनापछिको नयाँ निर्णयअनुसार सम्मेलनमा नेपालको आफ्नै पेभेलियन राखिने र पेभेलियनमार्फत भोटेकोसीलगायत जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायमाझ प्रदर्शनी गरिने ढकालले बताए । 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : ३७ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका