राष्ट्रिय खेलकुद : जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा « Khabarhub

राष्ट्रिय खेलकुद : जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ ।

पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेका छन् ।

खेल सञ्चालन हुने स्थानलाई तयारी अवस्थमा राखिएको छ । बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए ।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदानमा हुने भएको छ । आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ । खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन् । प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ५ : ५९ बजे

सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी– कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको

रानी नाकालाई व्यवस्थित बनाउन संयुक्त अनुगमन

विराटनगर– नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित,

राष्ट्रिय खेलकुद : जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला– जुम्लामा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर १२ गते शनिबार सन् २०२६