व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड « Khabarhub

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाहरूले धेरै कानुन बनाए पनि कार्यान्वयन र संशोधन गर्नुपर्ने कानुनबारे समीक्षा गर्नुपर्ने बताए । व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने र खुम्चाउने प्रयास हुनसक्ने भन्दै सङ्घीय संसद् र प्रदेससभाहरूले आफ्नो भूमिका बढाउनुपर्ने उनको भनाइ छ ।

कानुनलाई आफू अनुकूल ढङ्गले व्याख्या गर्न खोज्ने प्रवृत्ति देखिएकाले कानुन र संविधानको पूर्ण पालना गराउन व्यवस्थापिकाको भूमिका महत्वपूर्ण हुने सभामुख धितालले बताए । संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सङ्घीय संसद् र प्रदेशसभाहरू सँगसँगै अगाडि बढ्नुपर्ने सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले बताए । कार्यक्रमले प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउन र असल अभ्यास आदानप्रदान गर्न सघाउने उनले बताए ।

गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता ल्याउँदै तिनको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए । संसदीय कार्यकुशलता अभिवृद्धिका लागि अनुभव आदान–प्रदान कार्यक्रम उपयोगी हुने उनको भनाइ छ ।

कार्यक्रममा वित्तीय सङ्घीयता र स्वायत्तताको अभ्यासबारे छलफल हुने उनले बताए । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको नियमित संवादले आपसी समन्वय बलियो बनाउँदै विगतका घोषणापत्र कार्यान्वयनमा सघाउने सचिव पौडेलले उल्लेख गरे । गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित उक्त कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १० : १० बजे

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

गण्डकी– सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

झापा– झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने नागरिकको सङ्ख्या

विपत्तिमा परेर ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन– गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक विपत्ति, दुर्घटना तथा

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्की– कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ

ऊर्जामन्त्रीबाट विभिन्न आयोजनाको अनुगमन

गण्डकी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल