दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक प्राप्त गरेको छ ।

पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न उक्त खेलमा गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक प्राप्त गरेको प्रशिक्षक राजेन्द्ररत्न तुलाधरले जानकारी दिए । तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदकसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको प्रशिक्षक तुलाधरले बताए ।

त्यसैगरी, तीन स्वर्ण, एक रजत गरी एपीएफ चौथो, दुई स्वर्ण छ रजत र तीन कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच पदकसहित नेपाल पुलिस छैटौँ भएको छ ।

त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश र एनआरएन भने पदकविहीन बनेको जनाइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ८ : ३० बजे

नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको नाइजर राज्यमा गाउँमाथि सशस्त्र समूहले गरेको आक्रमणमा

झापा महिला गोल्डकप : एपिएफ बन्यो च्याम्पियन

झापा – झापा महिला गोल्डकपको आजको फाइनल खेलमा एफिएफ च्याम्पियन

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

वासिङ्टन – इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास

दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले