झापा – झापा महिला गोल्डकपको आजको फाइनल खेलमा एफिएफ च्याम्पियन बनेसँगै रु ११ लाख र ट्रफी प्राप्त गरेको छ ।
दुधे रङ्गशालामा जारी दोस्रो झापा महिला गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एफिएफ च्याम्पियन बनेको हो । उपविजेता बनेको आर्मी फुटबल क्लबले रु पाँच लाखमा चित्त बुझायो ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो भइन् । उनले रु १५ हजार पुरस्कार प्राप्त गरेकी छिन् । प्रतिोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मीकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु एक लाख ५० हजार पुरस्कार पाइन् ।
त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मीकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जीवेशकुमार पाण्डे, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरूले जनही रु २५ हजार पुरस्कार पाएका छन् ।
मङ्सिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो ।
विजता तथा उपविजेतालाई, प्रमुख अतिथि शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लगायतले पुरस्कार वितरण गरेका थिए ।














प्रतिक्रिया