विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ « Khabarhub

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना न्यूनीकरणका लागि सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

बागलुङमा आज आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उहाँले विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्यालयस्तरदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताए ।

नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने बताए ।

बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र बागलुङमा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको बताउँदै उहाँले जिल्लाको विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिए ।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न बागलुङ पुगेका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताए ।

अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए ।

बागलुङका छ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएकाले पुनःनिर्माणमा सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठले बताए । उनले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ९ : ३८ बजे

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको

नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको नाइजर राज्यमा गाउँमाथि सशस्त्र समूहले गरेको आक्रमणमा