एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद « Khabarhub

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद बियाँको अनुमानित मूल्य रु एक करोड १६ लाख ४० हजार रहेको छ । बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उनले जानकारी दिए ।

पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जङ्गल क्षेत्रमा लुकाएर राखिएको फर्सीको बियाँ बरामद भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १० : ४५ बजे

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

झापा – यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको