कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ « Khabarhub

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रणनीति तयार गर्दैछ।

यसका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको चुनावी परिचालन समितिले निर्वाचन परिचालन निर्देशिका तयार गर्दैछ ।

कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आआफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् ।

‘चुनावको अन्तिम ३० दिन, जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति निर्देशिकामा समेटिने छ ।

उपसभापति शर्माले केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

मंगलबारसम्ममा कर्णाली र सुदूर पश्चिमको छलफल सकिएको छ । आज (बुधबार) गण्डकी प्रदेशको छलफल हुँदैछ ।

छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक एवं युवाहरू सहभागी रहेको उपसभापति शर्माको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ११ : २२ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा