काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्ने भएको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार कार्यक्रम यही माग १६ गते (शुक्रबार) बिहान १० बजे राष्ट्रिय नाचघर, जमलमा हुने छ। कार्यक्रममा विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति, विशेष कार्यक्रम तथा अभिभावक–विद्यार्थी सहभागिताका गतिविधिहरू समावेश गरिनेछ।
विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अभिभावक, शुभेच्छुक तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल मीन कुमार कोइराला तथा संस्थापक अध्यक्ष रमेश श्रेष्ठको उपस्थितिमा कार्यक्रम हुने छ।














प्रतिक्रिया