मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो « Khabarhub

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग फागोले चुनावी घरदैलो अभियान सुरू गरेका छन्।

उर्लाबारी नगरपालिका वडा नम्बर–९ बाट घरदैलो अभियान सुरू गर्दै फागोले मतदाता भेटघाट तीव्र बनाएका हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले रुख चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

घरदैलो अभियानका क्रममा फागोले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै समस्या, आवश्यकता र अपेक्षाहरू बुझिरहेका छन्।

फागो उर्लाबारी नगरपालिकाका पूर्व मेयरसमेत हुन्। उनले विगतको विकास कार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहने बताएका छन्।

स्थानीयले पनि फागोले उर्लाबारीमा थुप्रै विकासका काम गरेकोले समग्र विकास गर्दै जनताको हकहितमा उभिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ५८ बजे

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं– अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली

चुनावको तयारी गर्न आयोगमा कर्मचारीलाई भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि