मोरङ १ मा कांग्रेसका फागोले थाले मतदाता भेटघाट अभियान « Khabarhub

मोरङ १ मा कांग्रेसका फागोले थाले मतदाता भेटघाट अभियान


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग फागोले चुनावी घरदैलो अभियान सुरू गरेका छन्।

उर्लाबारी नगरपालिका वडा नम्बर–९ बाट घरदैलो अभियान सुरू गर्दै फागोले मतदाता भेटघाट तीव्र बनाएका हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले रुख चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

घरदैलो अभियानका क्रममा फागोले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै समस्या, आवश्यकता र अपेक्षाहरू बुझिरहेका छन्।

फागो उर्लाबारी नगरपालिकाका पूर्व मेयरसमेत हुन्। उनले विगतको विकास कार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहने बताएका छन्।

स्थानीयले पनि फागोले उर्लाबारीमा थुप्रै विकासका काम गरेकोले समग्र विकास गर्दै जनताको हकहितमा उभिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ५८ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने