विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन « Khabarhub

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न र गराउन निर्देशन जारी गरेको छ ।

कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस उपसभापति एवं संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति र १८ देखि ३० वर्ष मुनिका युवालाई सहभागी बनाउने विशेष अभियान सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गर्न निर्देशन दिएका छन् ।

उनले स्थानीय तह समन्वय, बौद्धिक क्षेत्र समन्वय, धार्मिक सङ्घसंस्था समन्वय, निजी क्षेत्र समन्वय, पूर्वआप्रवासी समन्वय, स्थानीय प्रशासन समन्वय र अनुगमन समिति गठन गरी केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गरेका हुन् । 
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : १० बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार