डडेलधुरा पुगेर माफी मागे सागर ढकालले « Khabarhub

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी मागेका छन्। रास्वपावरिष्ठ नेता बालेन्द्र साहसँगै सुदूरपश्चिम पुगेका उनले डडेलधुरामा खिचिएको तस्बिर फेसबुकमा राखेर डोटेली भाषामा माफी मागेका हुन्।

‘डडेलधुराका मान्छेहरूलाई धेरैधेरै धन्यवाद। तपाईंको १३ हजार ४२ मतले अब यो देश बनाउन लाग्या छ। ठूला सपना देख्दा साना–साना गल्ती हुन सक्छन्, माफ गरिदिनु होला’, उनले भनेका छन् ।

सागरले डडेलधुराबाट गुल्मी गए पनि भेट हुने बताएका छन् । ‘तपाईंको माया कहिल्यै नभुलुँला। डडेलधुराबाट गुल्मी जान लागेको छु, फेरि छिट्टै भेटौँला’, उनले भनेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सागरले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई चुनौती दिएका थिए। स्वतन्त्र उम्मेदवार उनले १३ हजार ४२ मतसहित देशभर चर्चा बटुलेका थिए । यस पटक उनी गृहजिल्ला गुल्मी–१ बाट उम्मेदवार छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : २६ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार