गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो « Khabarhub

गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली कांग्रेसप्रतिको असन्तुष्टि भएको बताएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका उनले तराई मधेशकाका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्नेमा त्यसो गर्न नसक्दा नयाँ-नयाँ पार्टी र आन्दोलन पटक पटक जन्मिएको पनि उनले बताएका छन् ।

थापाले कांग्रेसले आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गरेर अघि बढिरहेको बताए । पछिल्लो समय पार्टीलाई नै  कमजोर ठान्ने प्रवृत्ति बढ्दै जाँदा समस्या भएको उनले बताए ।

अन्य दलहरूसँग अनावश्यक गठबन्धन गर्ने अभ्यासले पार्टीलाई कमजोर बनाउँदै लगेको पनि उनले स्वीकारेका छन् ।

थापाले विभिन्न समयमा दलहरूसँग गठबन्धन गरे पनि मधेशकेन्द्रित मुद्दा मधेशका दललाई नै छाड्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको बताए । अब कांग्रेस सुध्रिएर मधेशका मुद्दामा केन्द्रित हुनुपर्ने पनि थापाले बताएका छन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ४४ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा