प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट « Khabarhub

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छन् । 

बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो।

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् । 

साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यस्तै प्रधानमन्त्री कार्कीले पनि असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब बिस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताइन् । 

नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिएकी थिइन् । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : २० बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार