उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु « Khabarhub

उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

राजविराज- जनता समाजवादी नेपालका नेता उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष गरेर भए पनि रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले राजविराज–१० बिरौलमा बुधबार आयोजित चुनावी घरदैलोको उद्घाटन गर्दै उनले चुनाव जितेमा प्रतिष्ठान पहिलो प्राथमिकता हुने बताए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अगाडि बढाएका योजनालाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘काठमाडौंबाट मेरो लाश आउँछ वा प्रतिष्ठान सञ्चालनको शुभ समाचार आउनेछ ।’

विगतमा चुनाव जितेर सिँचाइ मन्त्री हुँदा सिँचाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा महत्पूर्ण काम गरेको चर्चा गर्दै उनले आगामी दिनमा थप सशक्त रुपमा जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जितपछि टोल–टोलमा जनपरिषद गठन गरि आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाको समग्र विकासमा सक्रिय भुमिका निर्वाह गर्ने उनले बताए ।

निर्वाचन क्षेत्रका प्रत्येक घरधुरीका प्रत्येक नागरिकहरुलाई सहभागिता हुने गरि जनपरिषद् गठन गर्ने, जनपरिषद्को नियमित बैठक बसाउने, जनपरिषदले स्थानीय मुद्दादेखि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, पलायनता, बेरोजगारी, विभेद, पर्यावरण, कृषि लगायतका मुद्दामा छलफल गरेर निष्कर्षमा पुर्या‍उने उनले बाचा गरे ।

जनपरिषदले आफ्नो क्षेत्रका जनप्रतिनिधिलाई निगरानीमा राख्नुका साथै सुझाव ,सल्लाह र निर्देशन दिने जसपा नेपालका उम्मेदवार यादवले बताए ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : २५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु