हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर « Khabarhub

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ । 

हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने हिमपातले सेताम्मे देखिएको छ । यसअघि गत कात्तिक १० र ११ गते हिमपात भएको थियो । मङ्सिर र पुस महिनामा हिउँ परेन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका घ्याम्चो गुरुङले बताए। 

उनले भने, ‘मनाङका गाउँतिर करिब एक फिटभन्दा बढी हिउँ परेको छ । यसले किसान भएका छन् । हिउँ परेपछि यहाँको उत्पादन बढ्ने हो । हिउँ पर्दा जनजीवन केही दिन भने कष्टकर हुन्छ ।’ 

हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन मुस्किल भएको छ । पर्यटक पनि रोकिएका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भइरहेको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यतर्फ जानबाट रोकिएको उनले बताए। 

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा गए रातिदेखि हिमपात भइरहेको जानकारी दिए। सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ । 

‘तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी परिरहेको छ । मौसम बदली भइरहेको छ । नार्पाभूमितिर गोठाला १०-१२ जनाबाहेक नभएको सूचना पाएका छौँ’, प्रजिअ पौड्यालले भने, ‘तर, मौसम बदली तथा हिमपात र उक्त भूगोलमा सञ्चारको पहुँच पनि कम हुँदा त्यता कसैसँग सम्पर्क भएको छैन, सायद हिमपातले केही कठिनाइ भएको हुनसक्छ ।’

माथिल्लो मनाङमा दुई फिटसम्म हिउँ परेको जानकारी प्राप्त भएको उनको भनाइ छ । यतिबेला परेको हिउँ पछिसम्म रहने र सिँचाइको काम गर्ने भएकाले किसान भने खुसी देखिएका हुन् । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ३६ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार