भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर « Khabarhub

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको जेन-जी आन्दोलनको घटनाबारे स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका छन् ।

उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भनेर लगाइएको आरोप उनले अस्वीकार गरेका छन् ।

ओलीले माइतीघरमा शान्तिपूर्ण रहेको प्रदर्शन बानेश्वरको निषेधित क्षेत्रमा आइपुगेपछि घुसपैठ भएर हिंसात्मक हुन पुगेको दाबी गरेका छन् ।

ओलीका पाँच तर्क

गोली चलाउन दिएको आदेश अस्वीकार

प्रधानमन्त्रीका रूपमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा गलत र निराधार भएको ओलीको दाबी।

माइतीघरको प्रदर्शन शान्तिपूर्ण

माइतीघरमा भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको, न गोली चलेको न लाठीचार्ज भएको स्पष्टीकरण।

घुसपैठ र योजनाबद्ध उक्साहटको आरोप

घुसपैठकारी समूहले बालबालिका अगाडि राखेर प्रदर्शनकारीलाई निषेधित क्षेत्र र संसद् भवनतर्फ लैजान खोजेको आरोप।

संसद् भवनमा ‘राज्यविरुद्धको आक्रमण’

आगजनी र विस्फोटक प्रयोगपछि अवस्था आन्दोलन नभई राज्यविरुद्धको आक्रमणमा परिणत भएको र त्यसपछि सुरक्षा निकायले कानुनअनुसार बल प्रयोग गरेको दाबी।

सुरक्षाकर्मी कानुनअनुसार चलेको जिकिर

गोली सरकारको आदेशमा नभई कानुन र सुरक्षाकर्मीको दायित्वअनुसार चलेको तथा गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ४४ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित