हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित « Khabarhub

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ । 

यो यस वर्षको दोस्रो हिमपात हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नं वडामा हिमपात भइरहेको छ । हिमपातले चिसो अत्यधिक बढेपछि सर्वसाधारण घरभित्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए। 

‘अहिले पनि निरन्तर हिमपात भइरहेको छ’, उनले भने, ‘हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र वस्तुभाउलाई घाँसपात गर्न समस्या भइरहेको छ ।’ 

हिमपातले हिमालदेखि डाँडाकाँडा सेताम्य भएको पुथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष टीकासाइ घर्तीले बताए। 

‘आकाशे पानीको भरमा खेतीपाती गर्ने किसान पनि हिमपात र वर्षाले निकै खुसी छन्’, उनले भने, ‘हिउँ परेपछि हिउँ खेल्ने र रमाउनेको पनि जमात बढेको छ ।’ हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । हिमपातमा फसेका यात्रुहरूको उद्धार जारी राखिएको छ । 

काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस पातिहाल्नामा फसेका छन् । तीन सयको हाराहारीमा अलपत्र यात्रुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए। 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म