इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज  « Khabarhub

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले बताएअनुसार इरानमाथि मिसाइल आक्रमण गरिएको हो।

इजरायली सेनाले प्रतिकारस्वरूप इजरायलतर्फ मिसाइल प्रहार हुन सक्ने चेतावनी दिँदै देशका विभिन्न क्षेत्रमा एयर रेड साइरन बजाएको जनाएको छ ।जसले सर्वसाधारणलाई सतर्क रहन तयारी गराइएको बताइएको छ।

पश्चिमी तेहरानमा दुई विस्फोटको आवाज 

फार्स समाचार एजेन्सीका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट र जोमहोरी क्षेत्रमा केही मिसाइल प्रहार भएका छन्।

पश्चिमी तेहरानमा रहेका हाम्रा संवाददाताले दुई वटा बम विस्फोट भएको आवाज सुनेका छन्।

इजरायलभर साइरन

इजरायली सेनाले देशभर साइरन बजाइए नागरिकलाई सुरक्षित आश्रयस्थल नजिक बस्न निर्देशन दिइएको जनाएको छ।

टेलिग्राममार्फत जारी विज्ञप्तिमा सेनाले सम्भावित रूपमा इजरायलतर्फ मिसाइल प्रहार हुन सक्ने अवस्थाका लागि जनतालाई तयारी गराउन यस्तो चेतावनी दिइएको उल्लेख गरेको छ।

अर्को विज्ञप्तिमा देशभरको अवस्था पूर्ण गतिविधिबाट आवश्यक गतिविधिमा सारिने बताइएको छ। यसअन्तर्गत विद्यालय बन्द, जमघटमा प्रतिबन्ध र अत्यावश्यक क्षेत्रबाहेक कार्यस्थल बन्द गरिनेछ।

शनिबार इजरायलले इरानमाथि आक्रमण गरेपछि कतारस्थित अमेरिकी दूतावासले आफ्ना सबै कर्मचारीलाई सुरक्षित स्थानमै बस्न निर्देशन दिएको छ।

दूतावासले आफ्ना नागरिकहरूलाई पनि अर्को सूचना नआएसम्म यस्तै सावधानी अपनाउन सिफारिस गरेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १२ : ४८ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन