काठमाडौं– कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा। अमरेशकुमार सिंह यसपटक प्रतिस्पर्धा गर्दैछन् । सिंह नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।
उनी सर्लाही ४ मा आफ्नो प्रतिस्पर्धी गगन नभएर एमालेका उम्मेदवार भएको दाबी गर्छन् । सिंह गगनले सर्लाही ४ बाट निर्वाचन जित्नु राती घाम लाग्नु जस्तै भएको टिप्पणी गर्छन्। आफूले चारपटकसम्म सर्लाही ४ को सर्भे गर्दा पनि १० हजार बढी मतान्तरले विजयी हुने नतिजा पाएको अमरेशको दाबी छ। उनी गगन थापा काठमाडौँ ४ बाट निर्वाचन हार्ने भएपछि मधेश पसेको दाबी गर्छन्।
‘मैले केही गल्ती गरेको भए म यो क्षेत्र छोडेर भाग्ने थिएँ। केही गल्ती नगरेको भएर छाती फुलाएर यहाँ निर्वाचन लड्दैछु। कांग्रेसको सभापति काठमाडौँ क्षेत्र नम्बर ४ बाट भिडेर जित्न नसक्ने अवस्था भएपछि सर्लाही सर्नुभएको हो।’ सिंह गगनले मधेसको कमजोरी देखाएर निर्वाचन जित्ने अवस्था नरहेको र यहाँका जनता सचेत भइसकेको दाबी गर्छन् ।
फरक प्रसङ्गमा रास्वपाले मधेसमा टिकट वितरणमा गरेको आर्थिक चलखेलको अडियोबारे प्रश्न गर्दा उनले आफूले त्यो अडियो नसुनेको दाबी गरे। एआईको जमानामा आफूलाई फसाउन विभिन्न प्रयत्न रचिएको बताउँदै प्रमाणित गरेर देखाइदिन आग्रह गरे ।
२०७९ को निर्वाचनमा पहिलो शक्ति बनेको नेपाली कांग्रेसका सभापति गगन थापासँग अमरेशलाई निर्वाचन लड्न कति चुनौती छ रु गगन आफ्नो क्षेत्रमा पसेपछि कति असुरक्षित महसूस गरेका छन् रु सर्लाही ४ को निर्वाचन सेरोफेरोलाई केन्द्रित गरेर सिंहसँग खबरहबले कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
सर्लाही ४ बाट तपाईंलाई चुनाव जित्न कतिको सहज छ ?
मलाई कुनै च्यालेन्ज छैन । मेरो आफ्नो ठाउँमा के को च्यालेन्ज रु मेरो घर त्यहीँ छ । त्यहीँको समाजसँग हुर्किएको हुँ। मेरै घरमा आएर कसैले मलाई च्यालेन्ज गर्न सक्छ रु बाहिरको मान्छे मेरो घर आएर जित्छु भन्ने त के प्रमुख प्रतिस्पर्धी बन्ने पनि अवस्था छैन। काठमाडौँ ४ मा निर्वाचन जित्न नसकेर सर्लाही ४ झरेकाहरूले सपना नदेख्दा हुन्छ। ‘मधेशको नक्कली छोरो हुँ’ भनेर मधेसका जनता गुमराह हुने अवस्थामा छैनन् ।
नेपाली कांग्रेसको सभापति गगन थापा जस्तो मान्छे सर्लाही ४ मा पुग्दा तपाईंलाई चुनौती हुँदैन भनेर कसरी पत्याउने ?
स्मरण रहोस् २०७९ को निर्वाचनमा पनि कांग्रेसकै सहयात्री साथी यहाँबाट मसँग निर्वाचन लडेको हो। उहाँसंग पाँच दलीय दरो गठबन्धन थियो। मसँग न पार्टी थियो, न त कसैको सहारा नै । म त स्वतन्त्र रुपले विजय भएको हो। आजको दिनमा त देशभरि ऊर्जा र लहर भएको राष्ट्रिय स्वतन्त्र पार्टी मसँग छ। पपुलर पार्टी र पपुलर चुनाव चिन्ह भएको हिसाबले र यहाँको उम्मेदवारी पनि पपुलर नै भएको हिसाबले मैले निर्वाचन जित्छु।
मसँग जेनजी विद्रोहको तागत ताजै छ। हिजोको अवस्थाभन्दा धेरै सहजले निर्वाचन जित्छु। गगन थापामा चाहिँ जेन-जी विद्रोहलाई दबाइएको र कलङ्क गरिएको आरोप छ। हिजो कांग्रेस पार्टीकै सभापतिको घरमा अकुत रुपमा राखेको पैसा जलेको छ। कांग्रेसबाटै गृहमन्त्री हुँदा सडकका बालबालिका मारिएको छ। यी सबै कुराहरू हुँदा गगन थापा कहाँ बोल्नुभयो ?
अहिले सर्लाहीमा कांग्रेसको एउटा ठूलो भ्रष्टाचारी छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएको व्यक्तिको घरमा मासुभात खाएर चुनाव प्रचारमा घुमिरहनु भएका गगनले कसरी निर्वाचन जित्नुहुन्छ रु यी दृश्य त जनताले सबै नियालिरहेका छन् नि ।
सर्लाही कांग्रेसका सभापतिको विषयलाई लिएर गगन थापालाई जोडिनु कति उचित हो ?
काङ्ग्रेस जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह सर्वोच्चबाट भ्रष्टाचारी भएको र पुनरावलोकन पनि खारेज भएपछि राजीनामा दिएर बसेको छ । सुरेन्द्रप्रसाद सिंहले निर्वाचित जिल्ला सभापति भ्रष्टाचार प्रमाणित भएर बसेको छ । अनि उसैको घरमा गगनको रासोबासो भएपछि यहाँका जनताले यो कुरा त जानकारी पाउनु पर्यो नि ।
भ्रष्टाचार अन्त्य गर्छु भ्रष्टाचार गर्न दिन्न भनेर बाहिर भाषण गर्ने अनि त्यही भ्रष्टाचार प्रमाणित भएको व्यक्तिको घरमा मासुभात खाएर चुनावको प्रचारप्रसार गर्ने ? लाज पनि कहाँसम्मको हुनुपर्ने यिनीहरुलाई त मुख देखाएर हिँड्ने ठाउँ पनि नहुनुपर्ने हो । तर यो जनताले सत्य राम्रोसंग बुझेका छन्।
काङ्ग्रेस सभापति थापा आफ्ना लागि चुनौती भएपछि यहाँ आत्तिनुभएको छ पनि भन्दा रहेछन् नि ?
गगन मेरो लागि कुनै चुनौती होइनन् । मेरो प्रतिस्पर्धा भएपनि एमालेसँग हुन्छ। एमालेसँग प्रतिस्पर्धा हुन सक्छ तर गगनसँग प्रतिस्पर्धा हुँदैन। जोसँग प्रतिस्पर्धा नै हुँदैन, त्यसको बारेमा मैले किन टिकाटिप्पणी गरिराख्ने रु गगन यहाँ तेस्रो अथवा चौथो हुने मान्छे हो।
यदि गगनले जित्नुभयो भने के गर्नुहुन्छ तपाईं ?
जित्दै जित्दैन । राति घाम उदाउँछ र रु बेकारको कुरा किन गरिराख्नु । गगनले सर्लाही ४ बाट निर्वाचन जित्यो भने राति घाम लाग्छ । गगनले निर्वाचन जित्नु र राति घाम लाग्नु उस्तै हो। न राति घाम लाग्छ ,न उसले चुनाव जित्छ। गगनले सर्लाही ४ बाट निर्वाचन जित्ने सपना नदेख्दा हुन्छ । यो त सम्भावना छैन।
त्यसो भए तपाईं चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ हैन ?
म विज्ञानको विद्यार्थी हुँ। अरु कुरामा १०० मा १०० हो भन्न सक्दिन। तर यो विषयमा चाहिँ १०० प्रतिशत म ढुक्क छु कि म विजयी हुन्छु । जनताको इच्छा सरकार परिवर्तन, सत्ता परिवर्तनको लागि छ । रुख चुनाव चिन्हमा भोट हालेर पुरानालाई ल्याउने पक्षमा सर्लाहीका जनता छैनन्।
म आफ्नो क्षेत्र छोडेर भागेको छैन । ०७९ मा पनि यहीँबाट जितेको हो। अब पनि क्षेत्र नम्बर ४ बाटै जित्छु। मैले केही गल्ती गरेको भए म यो क्षेत्र छोडेर भाग्ने थिएँ। केही गल्ती नगरेको भएर छाती फुलाएर यहाँ निर्वाचन लड्दैछु। कांग्रेसको सभापति काठमाडौँ क्षेत्र नम्बर ४ बाट भिडेर जित्न नसक्ने अवस्था भएपछि सर्लाही सर्नुभएको हो। यहाँबाट जनताले राम्रोसँग देखाइदिन्छन् ।
तर कांग्रेसको नयाँ पुस्ताले रुचाएको र परिवर्तनको पक्षमा रहेको गगनलाई हार्छ भन्न सकिन्छ र ? उनलाई त अहिले काङ्ग्रेसले नायक बनाइरहेको थाहा होला नि ?
एउटा कुरा यहाँहरुलाई बताउँछु– यो मिडियाले नक्कली विशेष महाधिवेशन गरेर कांग्रेसका गगनलाई सभापति बनाएको हो। आफ्ना पक्षका नेताहरू भेला भएर लु मलाई सभापति बनाइदे भनेपछि गगन सभापति बनेका हुन् । महाधिवेशन हुँदा के शेरबहादुर देउवा पक्ष त्यहाँ उपस्थित थियो रु शेखर कोइराला पक्ष थियो ?
नक्कली महाधिवेशन प्रतिनिधि हो कि सक्कली महाधिवेशन प्रतिनिधि भनेर कसले प्रमाणित ग¥यो ? बहुमत थियो कि अल्पमत थियो प्रमाणित गर्ने को रु विशेष महाधिवेशन जस्तो जनतासँग गएर परीक्षण हुनु सहज हुँदैन। यहाँ त जनताले भोट खसाल्ने व्यवस्था छ। यो त सक्कली मतदान हो नि ।
निर्वाचन आयोगले नै कांग्रेस सभापति गगन थापा हुन् भनेर प्रमाणित गरिसकेपछि तपाईंले यो कुरा गर्नु बेकार भएन र ?
त्यो कुरा उनको विषय भयो। तर गगन थापा यहाँबाट कुनै पनि हालतमा निर्वाचन जित्दैनन्। गगनलाई कांग्रेसकै नेताहरूले हराउनका लागि भूमिका खेलेको देखेको छु।
शेखरले गगन हराउनका लागि तपाईंलाई सहयोग गर्नुभएको छ भन्ने पनि सुनिन्छ हो ?
म कांग्रेसको कोही पनि व्यक्तिसँग सम्पर्कमा छैन। सर्लाही ४ मा कसैलाई हराउनका लागि कसैको सहारा मैले लिनु पर्दैन । सबै परिप्रेक्ष्य नियाल्दा कांग्रेसभित्रै मनमुटाव देखिन्छ । किनकि शेरबहादुर देउवा लगायत शीर्ष नेताहरू खै त आफ्ना उम्मेदवार विजय गराउनका लागि लाग्नुभएको ?
एउटा कुरा के हो भने जनतालाई विश्वासमा लिनका लागि यसपाल हामी सत्ता परिवर्तन गरेर देखाउँछौँ। जनताको ठूलो विश्वास र भरोसा हामीप्रति छ । जनतासँग पुराना दलका नेताहरूले गरेको वेथिति, भ्रष्टाचार र अनियमितताको जवाफ फागुन २१ गतेको निर्वाचनपछि हिसाबकिताब निस्कन्छ। यो निर्वाचनमा पहिलोपटक तराई, मधेश, पहाडको खाडल पुरिएको छ। कोही पनि मधेसको सेन्टिमेन्ट लिएर काठमाडौँबाट आएर निर्वाचन जित्ने अवस्थामा छैनन्।
पहिलोपटक आगामी निर्वाचनपछि बन्ने प्रधानमन्त्रीको नाम हरेक बच्चाको मुख मुखमा छ। जो बुझ्दैन अशिक्षित छ , त्यो पनि बालेन भन्न जान्दैन, ऊ पनि बालमको सरकार आउँछ भन्छ। सबैभन्दा लोकप्रिय पार्टी, लोकप्रिय व्यक्ति र लोकप्रिय जनताको उम्मेदवारहरूलाई यो पार्टीले उठाएको छ। त्यसैले जनताले चुपचाप घन्टीछाप अभियान चलाएका छन्।
कुनै पनि वामपन्थीले अमेरिकाले इन्डियालाई गाली गरेर भोट मागे जस्तो अवस्था छैन। विगतमा मधेसीले मधेस आन्दोलन देखाएर आफ्नो श्रीमतीलाई सांसद बनाउने प्रथा थियो। सरतसिंह भण्डारी हार्दा श्रीमती सांसद बनिन्। राजकिशोर हारे उनकी श्रीमती सांसद बनिन । राजेन्द्र महत्तो हार्ने तर उनकी श्रीमती सांसद बन्ने । महन्थ ठाकुरकी श्रीमती छैनन्, उनको सम्धिनी सांसद बन्ने । अहिले पनि छोरी उम्मेदवार बनाएको छ।
मधेस आन्दोलनमा श्रीमती, छोरी लगायतको के योगदान छ ? त्यो मलाई बताइदिनु न । जुन विगतमा नवराजा प्रथा चलाएर नेताहरूले आफ्नो जीविका चलाएका थिए, त्यो अब अन्त्य भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्लाही ४ आएपछि तपाईंलाई निर्वाचन जित्ने टुल्स दिनुभएको छ रे, के कुरा गर्नुभयो ?
टुल्स भन्नाले यो भनेर बुँदागत रुपमा छैन, त्यो म तपाईंलाई दिन्न पनि। जनता आफ्नो पक्षमा पार्नका लागि आफूले गरेका सकारात्मक कामहरूको प्रचार गर्दैछु। उहाँले मलाई निर्वाचन जित्ने थप कन्फिडेन्स दिनुभएको छ।
असन्तुष्ट पक्षसँग बसेर समस्या सुनिदिनुभएको छ। पार्टीमा लगाइएको विभिन्न आरोपको खण्डन गर्नेछु। सभापति रवि माथि गरिएको राजनीति प्रतिशोधको विषयमा म जानकार नै छु। अरु थप कुराहरू गहिरो ढंगले हुन पाएन । असन्तुष्ट पक्षहरूसँग पनि सभापतिज्यूले कुरा गर्नुभएको रहेछ । यस्तो छ है तपाईं माथि केहीको प्रश्न भनेर उहाँले मलाई भन्नुभएको छ ।
यहाँले निर्वाचन जित्ने के छन् त्यस्ता बुँदागत आधार ?
पहिलो स् विगतमा मैले अढाई वर्षदेखि संसदमा भ्रष्टाचार विरुद्ध बोलेको र लिएको अडान ।
दोस्रो : जेन-जी आन्दोलनको तागत हामीसँग छ। जेन-जी आन्दोलन हिंसात्मक हुनुहुँदैन र मुठभेडको अवस्था आउनु हुँदैन भनेर बोलेका थियौँ।
तेस्रो स् हामीसँग देश सुधार्ने, भ्रष्टाचार अन्त्य गर्ने योजना छ। बालेन शाह जस्तो नेपालमा सर्वाधिक चर्चित व्यक्तित्व प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्तो तीव्र इच्छाशक्ति भएको व्यक्ति पार्टीको सभापति हुनुहुन्छ।
गगनलाई जित्छु भन्नुभयो । त्यसो भए सर्भेको तथ्यांकले कति मतान्तरमा हारजित हुने देखाउँछ ?
मैले गगनलाई नभएर चुनाव जित्ने हो । यहाँले रेकर्ड राखेर फागुन २१ गते पछाडि मसँग कुरा गर्नुहोला। सबैभन्दा लोकप्रिय मत ल्याएर सर्लाही ४ बाट म विजयी हुन्छु। गगन र मेरो कम्तिमा १० हजार मतान्तर हुन्छ। म लाटो मान्छे होइन नि, सबैतिर मैले तीन चार पटक सर्भे सकिसकेँ। मेरो पक्षमा माहोल बिग्रिएको छैन।
सर्लाही ४ का जनताले फेरि किन अमरेशलाई जिताउने ?
यहाँ खानेपानीको समस्या छ । उखु किसानको समस्या छ । बागमती तटबन्धनको समस्या छ । बागमतीमा दुईवटा पुल १५ वर्षदेखि बन्न सकेको छैन। त्यसलाई मैले आफ्नो कार्यकालमा अगाडि बढाएर लगेको छु । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा खस्किएको छ । त्यसलाई सुधार गर्नका लागि योजना बनाएको छु। व्यावहारिक र गुणस्तरीय शिक्षा दियो भने मात्रै रोजगार स्थापना गर्न सकिन्छ । त्यतातिर मेरो ध्यान छ।
अरुतिरजस्तै यहाँ किसानको समस्या छ । समयमा मल, बीउबिजन नपाउने, बिजुली पानी सिँचाइको सुविधा कसरी प्राप्त गर्ने रु मल बीउबिजन कसरी वितरण गर्ने रु कहिले वितरण गर्ने ? भन्नेमा मलाई सबै जानकारी छ।
सरकारले यहाँका उखु किसानलाई सही मूल्य कसरी प्रदान गर्छ र कसरी दिनुपर्छ भन्ने सबै कुराको अनुसन्धान मैले गरिसकेको छु । मधेस र सिङ्गो सर्लाहीलाई कृषिप्रधान क्षेत्रमा कसरी पुन फर्काउन सकिन्छ रु त्यसको योजना बनाइरहेको छु।
उखु किसानको समयमा भुक्तानी र उसले पाउने अनुदान कहाँ पुग्छ रु त्यसको पनि मैले अध्ययन गरेको छु। यी सबै कुरा र स्थानीय समस्याको खाका र त्यसको समाधानको दस्तावेज मैले बनाएको हुनाले मलाई निर्वाचन जित्न कुनै कठिन छैन। फेरि भन्दैछु यहाँले मत परिणाम पछि मलाई फोन गर्नुहोला। म विजय उत्सवमा हुनेछु।
अर्को कुरा यहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट वितरणमा रकमको चलखेल गरेको भनिएको अडियो सार्वजनिक भएको छ नि ? यो हावादारी कुरा हो। कसैले प्रमाणित गरेर देखाओस् न त गरेको भए । म टिकट वितरण गर्ने ठाउँमा थिइन कसरी पैसाको चलखेल गरे । अडियोमा मेरो भोइस छ ? जे पनि आरोप लगाउन पाइन्छ ?
तपाईँको नाम पनि किटान गरिएको छ नि ?
जसले जे भन्यो, त्यसको जवाफ दिँदै हिँड्न मलाई फुर्सद छैन। एआईको जमाना पनि छ अहिले। मान्छेहरूले ममाथि मलाई कमजोर बनाउन विभिन्न आरोपहरू लगाएका होलान् । प्रमाणित गरेर देखाउन न त । मैले त्यो अडियो पनि सुनेको छैन मलाई पठाइदिनुहोला। मेरो पार्टी सभापति, वरिष्ठ नेताको काहीँ कतै भ्वाइस छ भने त्यो मलाई देखाइदिए हुन्छ। जे पनि आरोप लगाउन पाइन्छ ?
तर तपाईंहरूकै नेताबीच कुराकानी भएको सुनिन्छ नि ?
मलाई यसबारे केही भन्नु छैन । मैले गरेको हुँदै होइन ।













प्रतिक्रिया