अमेरिकामै ट्रम्पको विरोध : इरानमाथि गरिएको सैन्य आक्रमण ‘अवैध र असंवैधानिक’  « Khabarhub

अमेरिकामै ट्रम्पको विरोध : इरानमाथि गरिएको सैन्य आक्रमण ‘अवैध र असंवैधानिक’ 


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सिनेटर एडवर्ड जे. मार्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथि गरिएको सैन्य आक्रमणलाई ‘अवैध र असंवैधानिक’ बताएका छन्।

उनले भने,’यो कांग्रेसबाट स्वीकृत भएको थिएन, यसले सबै अमेरिकीका लागि खतरा पैदा गर्छ। ट्रम्पका अवैध कदमहरूले क्षेत्रीय स्तरमा व्यापक युद्धतर्फ बढ्ने जोखिम बढाएको छ।’

उनले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक र सर्वसाधारणका लागि गम्भीर जोखिम निम्त्याउने बताएका छन् । 

 ‘ट्रम्पले इरानको आणविक खतराको तात्कालिकतालाई निरन्तर बढाइचढाइ गरेर प्रस्तुत गरेका छन्’, उनले भने, ‘जबकि उनले आफ्नो अवैध ‘अपरेशन मिडनाइट ह्यामरु आक्रमणमार्फत संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम ‘पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका थिए।’

मार्कीले थपे, ‘विदेशमन्त्री मार्को रुबियोले समेत इरानले युरेनियम समृद्धिकरण नगरिरहेको स्वीकार गरेका छन्। यो आक्रमणअघि कूटनीतिक समाधानका लागि समय थियो, अहिले पनि छ।’

उनले कूटनीतिक समाधानको आह्वान गरेका छन् । उनले भने ‘यो ट्रम्पले सिर्जना गरेको संकट हो। अमेरिकीहरू मध्यपूर्वमा अर्को अन्तहीन युद्ध चाहँदैनन्।’ 

अमेरिकीहरू आफ्ना युवा महिला र पुरुषहरूलाई निरन्तर युद्धका लागि विदेश पठाइएको हेर्न नचाहेको बताएका छन्। ‘जबकि स्वदेशमा परिवारहरूले स्वास्थ्य सेवाको खर्च धान्न सकेका छैनन्, उनले भनेका छन्, ‘यदि ट्रम्पले यो युद्ध अहिले रोक्दैनन् भने, कांग्रेसले रोक्नुपर्छ। इरानसँग अब थप युद्ध हुँदैन।’

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : ४९ बजे

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना