पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य « Khabarhub

टी–२० विश्वकप

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा पाकिस्तानले श्रीलंकलाई २१३ रनको विशाल लक्ष्य दिएको छ ।

पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो । पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान र फखर जमानले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोर तर्फ अघि बढाएका थिए ।

फरहानले ६० बलमा शतक प्रहार गरे । जसक्रममा उनले ९ चौका र ५ छक्का प्रहार गरे । ४२ बलको सामना गरेका जमानले ९ चौका र ४ छक्कासहित ८५ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले तीन, दासुन शनाकाले दुई र दुष्मन्थ चमेराले एक विकेट लिए । आजको खेल पाकिस्तानका लागि महत्वपूर्ण छ । सेमिफाइनलमा पुग्नका लागि पाकिस्तानले श्रीलंकालाई १४७ रन भित्रै रोक्नु पर्ने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : ४९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको