विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण राजनीतिक गतिविधिको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका हुन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको कुनै स्थान नरहने उल्लेख गर्दै सरकारको यस्तो कदमले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिए ।
उनले लेखलेका छन्– ‘मुलुकलाई द्वन्द्वतर्फ लैजान, प्रतिशोधपूर्ण गतिविधि गर्नु गलत हो । लोकतन्त्रमा प्रतिशोधको स्थान हुँदैन ।’













प्रतिक्रिया