ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ? « Khabarhub

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे नेपाली कांग्रेस मौन रहेको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउबारे भावी रणनीति तय गर्न सचिवालयको आकस्मिक बैठक राखिरहँदा कांग्रेस भने नेता लेखकको विषयमा मौन देखिएको छ । कांग्रेसले अहिलेसम्म यस विषयलाई लिएर छलफल तथा औपचारिक बैठक डाकेको छैन ।

कांग्रेसले आज आफ्ना नवनिर्वाचित सांसदहरुका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमपछि पक्राउको घटनामा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो बसेको बालेन शाह नेतृत्वको नवगठित सरकारले गत भदौमा भएको जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बिहान ओली र लेखक पक्राउ परेका हुन् ।

जेनजी आन्दोलनका बेला मुलुकको प्रधानमन्त्रीमा ओली र लेखक गृहमन्त्री थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : १३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म