रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र « Khabarhub

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन् ।

रिपोर्टअनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ । अहिले ती सुधारिएका ड्रोनहरू फेरि इरानतर्फ पठाइँदै छन् ।

ती ड्रोनहरूमा उन्नत मार्गनिर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने क्षमता तथा कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन प्रणाली जस्ता विशेषता थपिएका छन्, जसले तिनीहरूलाई अझ प्रभावकारी बनाएको छ ।

अधिकारीहरूका अनुसार यस महिनामा रूस र इरानबीच ड्रोन हस्तान्तरणबारे सक्रिय छलफल भएको थियो । यद्यपि कति सङ्ख्यामा ड्रोन पठाइयो वा यो एकपटकको आपूर्ति हो कि निरन्तर हुने हो भन्ने स्पष्ट छैन ।

यसैबीच, इरानले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विभिन्न स्थानमा ड्रोन आक्रमण तीव्र बनाएको छ । उन्नत ड्रोनको प्रयोगले अमेरिका र उसका सहयोगी राष्ट्रहरूका लागि ती आक्रमण रोक्न थप चुनौती सिर्जना गर्न सक्ने बताइएको छ ।

रूस र इरानबीच सैन्य तथा प्रविधिगत सहकार्य पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । युक्रेन युद्धपछि रूसले इरानी ड्रोन व्यापक रूपमा प्रयोग गरेको थियो भने अहिले दुवै देशबीच प्रविधि आदानप्रदान अझ गहिरिएको देखिएको छ ।
 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : ३४ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र